prabhu-bank-final-ecrosscheck

पशुपति क्षेत्र विकास कोषलाई माछापुच्छ्रे बैकद्वारा लकर हस्तान्तरण

माछापुच्छ्रे बैक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले आज सो लकरको उद्घाटन गरे । पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको मन्त्री अधिकारीले उच्च प्रशंसा गरेका थिए । यो कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफू र सम्पूर्ण माछापुच्छ«े बैंक परिवार गौरवान्वित भएको बताए ।
बैंकले पशुपति मन्दिरमा आउने तीर्थालुहरुको सुविधाका लागि लकर घर निर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुहरुले लकरमा आफ्ना सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् ।
बैंकका ९९ वा एटिएम सञ्चालनमा छन् भने हालसम्म ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाट सम्पूर्ण बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

प्रकाशित समय २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु