prabhu-bank-final-ecrosscheck

नेशनल लाइफ इन्स्योरेन्सले देशभर ‘बालिका शिक्षा योजना’ सञ्चालन गर्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभर ‘बालिका शिक्षा योजना’ सञ्चालन गर्ने भएको छ । नेशनल लाइफकी अध्यक्ष पे्रमा राज्यलक्ष्मी सिंहले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत शुरु गरिएको ‘बालिका शिक्षा योजना’ कार्यक्रम नेपालभर नै सञ्चालन गरिने जानकारी दिएकी छिन् । कम्पनीमा कार्यरत वरिष्ठ अभिकर्ताहरुको तीनदिने राष्ट्रिय भेलालाई चितवनको सौराहामा सम्बोधन गर्दै अध्यक्ष सिंहले सो कुराको जानकारी दिएकी हुन् । कम्पनीको चेयरपर्सन क्लब कार्यक्रम अन्तर्गत कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको सो भेलामा नेपालभरिबाट करिब २ सय ५० जनाको सहभागिता रहेको थियो । उक्त भेलामा उपस्थित सबै सहभागीहरुलाई कम्पनीकी अध्यक्ष सिंहले प्रमाणपत्र वितरण गर्नुका साथै सम्मान गरेकी थिइन् । आ.व २०७४÷७५ मा उत्कृष्ट व्यवसाय गर्ने नेपालगञ्ज शाखामा कार्यरत विजयकुमार पाठक, शंकर लामिछाने, गंगाकुमारी शर्मा, तुल्सी थापा, तिनकुने शाखामा कार्यरत अर्जुन घिमिरे तथा पाल्पा शाखामा कार्यरत संगिता भट्टराईलाई नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।
कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत असहाय तथा विपन्न परिवारका बालिकाहरुको शिक्षामा सहज पहुँच पु¥याउने उद्देश्यले बालिका शिक्षा योजना कार्यक्रम लागू गरिएको र सो अनुसार दैलेख, बुटवल, हेटौंडा, राजविराज, बाग्लुङ र चितवनका ६ जना विपन्न वर्गका बालिकाहरुलाई कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहद्वारा छात्रावृत्ति रकम हस्तान्तरणसमेत गरिएको थियो । कार्यक्रममा भारतबाट आएका वरिष्ठ प्रशिक्षक दिपक जोशीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित समय २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु