prabhu-bank-final-ecrosscheck

भदौ अन्तिममा चितवनमा कमेडी शो हुने

काठमाडौं । भदौको अन्तिम साता चितवनमा लाइभ स्ट्याण्ड–अप कमेडी शो हुने भएको छ । भदौ ३० गते शनिबारका दिन पारेर सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल नेप–ग्याजमले सो कमेडी शो गर्न लागेको हो । चितवनको भाटभटेनी कम्प्लेक्स, भरतपूर हाइटस्थित फूड कोर्टमा कमिडी शो हुने आयोजक नेपाल डायरीजले जनाएको छ ।

केही महिनादेखि यूट्यूबमा निकै चर्चा कमाउँदै आएको नेप–ग्याजमले राजधानीका विभिन्न ठाउँमा लाइभ शो गरिसकेको छ । अब चाही राजधानी बाहिरका दर्शकहरुलाई पनि मनोरञ्जन गराउने सोच रहेको आयोजकले जनाएको छ । हाँस्य कलाकारहरु योजना थापा मगर, सरोज भण्डारी, बिक्रम घिमिरे, लेखमणी त्रिताल, डोरेश खतिवडा साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले भरपूर मनोरञ्जन दिलाउनेछन् ।

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु