prabhu-bank-final-ecrosscheck

सल्टियो विवाद, ३५ बिगाहा क्षेत्रफलमा लेमन ग्रास रोपिंदै

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशिटप्पुको एकता चौकमा लेमन ग्रास रोप्ने काम धमाधम अगाडि बढेको छ । करिब ३५ बिगाहा क्षेत्रफलमा लगाउन शुरु गरिएको लेमन ग्रासप्रति असन्तुष्टि जनाउँदै वन कार्यालय उदयपुरले हस्तक्षेप गरेपछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र गरिने विकासमूलक काममा वनले हस्तक्षेप गरेको आरोप लगाएको थियो । यो वर्षलाई बेलका नगरपालिकाले उत्पादन वर्षका रुपमा मनाउन घोषणा गरिसकेको र त्यसलाई मूर्तरुप दिन विभिन्न किसिमका कृषिसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको सन्दर्भमा लेमन ग्रामसमेत रोप्ने कार्य भइरहेको थियो । अधिकार क्षेत्रको विषयलाई लिएर वन कार्यालयले हस्तक्षेप गरेपछि लेमन ग्रास रोप्ने कार्य रोकिएको थियो ।
भारतबाट ४ लाख रुपैयाँ लगानी गरेर ल्याइएको लेमन ग्रासको बिरुवा रोप्ने कार्य केही दिन रोकिंदा सुक्दै गएको थियो । बेलका नगरपालिकाको पहलमा नेकपाका नगर अध्यक्ष रमन भट्टराई, नेपाली कांगे्रसका बेलका नगर सभापति सुशील सेढाई, बेलका नगरप्रमुख दुर्गाकुमार थापा, वन कार्यालयका सुरेन्द्रप्रसाद यादव, शंकर गुप्ता र उदयपुर डिभिजन वन अधिकृत वासुदेव झालगायतको बैठकले विभिन्न निर्णयहरु गरेको छ । सो बैठकले बेलका नगरपालिकाअन्तर्गत माछापुच्छ«े सामुदायिक वन उपभोक्ता समितिको नक्सामा सो लेमनग्रास रोप्ने क्षेत्र गाभ्ने, सो क्षेत्रमा तुरुन्तै सेक्टर वन कार्यालयले इन्भेन्ट्री गर्ने वा गराउने, माछापुच्छ«े वनको उपसमिति गठन गरी सो लेमन ग्रास रोप्ने कार्य गर्ने निर्णय गरेको थियो । त्यसैगरी उक्त एकता चौक आसपासको इन्भेन्ट्री गरिएको जमिनमा अन्य जडिबुटीको बिरुवा माग गर्ने, सो कार्यक्रम सञ्चालन गर्न जिल्ला वन कार्यालय उदयपुरमा माग गर्ने, उक्त लेमन ग्रास तथा अन्य जडीबुटी रोप्नका लागि करिब ४० हजार हेक्टर जमिन उपलब्ध गर्ने, सो क्षेत्र नजिक पर्ने पुराना बासिन्दाहरुले चर्चेको जग्गामा हाल सो कार्यका लागि हस्तक्षेप नगर्नेसमेत सहमति भएको छ ।

प्रकाशित समय १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु