prabhu-bank-final-ecrosscheck

सहयोगीद्वारा गाई–भैंसी पालनसम्बन्धी तालिम प्रदान

उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थानीय कृषकहरुलाई दुईदिने गाई–भैंसी पालनसम्बन्धी तालिम दिएको छ । सहयोगी बचत तथा ऋण सहकारी संस्थाले गराएको सो तालिमको सञ्चालन तेजबहादुर खड्काले गरेका थिए । तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख दुर्गाकुमार थापा थिए भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दानबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्पराज सुवेदीले कार्यक्रमको बारेमा प्रकाश पार्दै सहभागी कृषकहरुलाई तालिमबाट उन्नति–प्रगति गर्न सहयोग पुग्ने धारणा राखेका थिए ।
तालिम पशु चिकित्सक डा.सत्यनारायण चौधरी र गौरी श्रेष्ठले दिएका थिए । उनीहरुले उन्नत जातका गाई–भैंसीहरुको जात, त्यसको दाना, घाँस तथा आम्दानीका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाली कांगे्रस उदयपुरका महाधिवेशन प्रतिनिधि सदस्य अशोक कार्कीले समेत आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडेका सचिव गणेश बस्नेतले सहकारीका नीति तथा कार्यक्रमबारे अवगत गराएका थिए । सो अवसरमा सहभागी कृषकहरुलाई ऋण लगानी उपसमिति संयोजक बाबुराम थापाले गाई–भैंसी पालनसम्बन्धी ऋणको व्यवस्था मिलाइने बताएका थिए ।

प्रकाशित समय ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु